भिजिविलिटी कम हुँदा मलेसियादेखि आएको विमान कोलकाता ‘डाइभर्ट’

काठमाडौं । आज बिहानैबाट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित बनेको छ ।

बिहान काठमाडौंका लागि बाँकेबाट आएको श्री एयरको जहाज झापाको चन्द्रगढी अवतरण भएको छ । त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको अर्को विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको आरए–४१६ विमान मलेशियाबाट काठमाडौंको आएको थियो । तर भिजिविलिटी कम भएपछि अवतरण हुन सकेन । त्यसपछि कोलकाता डाइभर्ट गरिएको हो ।

यतिबेला काठमाडौंको भिजिविलिट १६०० मात्रै छ । यसअघि श्री एयसको जहाज अवतरण गर्न खोज्दा १५०० भिजिविलिटी थियो । उक्त जहाज पनि अवतरण हुन नसकेपछि झापा डाइभर्ट गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*