मकवानपुरको बकैया गाउँपालिकामा निशूल्क आँखा शिविर

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा निशूल्क आँखा शिविर भएको छ । शुक्रबार भएको शिविरमा दुई सय ३१ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गरिएका मध्ये २६ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएको छ । बकैया गाउँपालिकाको ५ नम्बर वडा कार्यालय र हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा बकैया–५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा शिविर भएको हो ।

मोतिविन्दुको समस्या देखिएका २६ जनालाई शनिबार हेटौंडा सामुदायिक आँखा अस्पताल ल्याई उपचार गरिने बताइएको छ । निशूल्क आँखा शिविर कार्यक्रमका लागि स्व। आशिष राजभण्डारीको स्मृतिमा माधव राजभण्डारी र राधिका राजभण्डारीले प्रयोजन गर्नुभएको बकैया–५ का वडासचिव देवराज लामिछानेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष लक्ष्मी जिम्बाको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा निशूल्क आँखा शिविरको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, १० नम्बर वडा अध्यक्ष कमला वाईबा, बकैया गाउँपालिकाको सामजिक शाखा प्रमुख फटिकरमण प्याकुरेलको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*