एसईई पूर्वतयारी परीक्षा माघ २६ गतेदेखि

हेटौंडा । हेटौंडा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरुले आगामी माघ २६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पूर्व तयारी परीक्षा लिने भएका छन् ।

शुक्रबार बसेको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडा तथा प्रधानाध्यापकहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको अमर माध्यमिक विद्यालयका शिक्षक डीबी बर्तौलाले जानकारी दिनुभयो ।

आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने एसईई पूर्वतयारी परीक्षामा पहिलो दिन २६ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने उहाँले बताउनुभयो । दोस्रो दिन २७ गते अनिवार्य नेपाली, तेस्रो दिन २९ गते अनिवार्य गणितको परीक्षा हुने बताइएको छ ।

फागुन १ गते अनिवार्य विज्ञान, २ गते अनिवार्य सामाजिक अध्ययन र ३ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा हुनेछ । यस्तै, ४ गते ऐच्छिक प्रथमअन्तर्गतका विषयहरु र ५ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयहरुको परीक्षा हुने बर्तौलाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*