हेटौंडा सामुदायिक आँखा अस्पतालमा ७० जनाको मोतिविन्दुको शल्यक्रिया

हेटौंडा । हेटौंडा–१८, हर्नामाडी र बकैया गाउँपालिका–५ मा आयोजना गरिएको आँखा शिविरमा पहिचान भएका मोतिविन्दु पीडित बिरामीको शल्यक्रिया गरिएको छ । हिजो शनिबार हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा ७० जनाको शल्यक्रिया गरिएको हो ।

काठमाडौं–१२, त्रिपुरेश्वरका माधव राजभण्डारीले छोरा आशिष राजभण्डारीको स्मृतिमा आँखा शिविर आयोजना तथा मोतिविन्दुको उपचारका लागि सहयोग गर्नुभएको हो । राजभण्डारी परिवारको उपस्थितिमा आज आइतबार बिहान हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलिएको छ ।

यस्तै, राजभण्डारी परिवारले शिविर आयोजना तथा शल्यक्रियाको खर्च बापत ५ लाख रुपैयाँको चेक आजै बिहान हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल आँखा कार्यक्रमका कार्यकारी सदस्य सिद्धिलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । हेटौंडा सामुदायिक आँखा अस्पताललाई पहिलो पटक व्यक्तिगत रुपमा रकम सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*