रत्नेचौरको तोरीबारीमा टिकटक बनाउन पर्यटकको भीड

म्याग्दी । रत्नेचौर गाउँ बेनी र बागलुङको बीचमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

पहेलै फुलेको तोरीकोबीचबीचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीड-भाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ, तोरीको सौन्दर्यमा युवायुवती, सर्वसाधारणहरु टिकटक बनाउन र नाच्दै रमाउन व्यस्त भएका छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तर्गत ९ सय मिटरको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउने गरेको स्थानीयवासी समेत रहनुभएका भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*