रुखबाट लडेर मकवानपुरमा एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका १ बोट गाउँमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय सन्तबिर सिंतान रहेको प्रहरीले जनाएको छ ।

बिहीबार घर नजिक बारीमा रहेको असनको रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सिंतानको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयल, हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*