हेटौंडामा बेवारिसे भएर हिँड्ने लामाको मृत्यु

हेटौंडाः बेवारिसे भएर हिँड्ने हेटौंडा–९ पशुपतिनगरका ४० वर्षीय नवराज लामा मृत्यु भएको छ । शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा हेटौंडा–४, नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा रहेको लामाको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले ८ बजेर २८ मिनेटको समयमा मृत घोषणा गरेको हो ।

लामा बेवारिसे अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक अन्जना उप्रेतीको कमाण्डमा टोली खटेर लामालाई उपचारको लागि अस्पतालमा ल्याएको थियो । लामाको मुखबाट रगत बगेको र अन्य घाउचोट नरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*