राक्सिराङमा भिरबाट लडेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका २ देउरालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५५ वर्षीय माइला थिङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ बिहेमा गएर घर फर्किने समयमा थिङ भिरबाट लडेका थिए ।

भिरबाट करिब १५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*