शहीद दिवसको अवसरमा बुद्धचोकमा रक्तदान कार्यक्रम

हेटौंडा । शहीद दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा २७ जना पुरुष र ३ जना महिला गरी ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडा शाखाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, आइतबार नर्सिङ दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा २१ जनाले रक्तदान गरेको रिमालले बताउनुभयो । जसमा १५ जना पुरुष र ६ जना महिलाले रक्तदान गरेको उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*