मकवानपुरमा १३० बिगाह अफिम र २८ बिगाह गाँजा खेति फडानी

हेटौंडा । नेपाल प्रहरी र शसस्त्र प्रहरीले मकवानपुरको राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अबैध रुपमा गरिएको अफिम र गाँजा खेति फडानी गरेको छ । प्रहरीले तीन दिनमा १ सय ३० बिगाह अफिम र २८ बिगाह १० कठ्ठा गाँजा खेति फडानी गरेको हो ।

प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको प्रहरीले माघ १४ गते राक्सीराङ गाउँपालिका वडा नम्बर ७ मा २० बिगाह अफिम र १ बिगाह गाँजा फडानी गरेको छ । यस्तै, माघ १५ गते राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा ४१ बिगाह अफिम, २१ बिगाह गाँजा फडानी गरेको उल्लेख गरेको छ । त्यसैगरी, सोमबार राक्सिराङ गाउँपालिका–७ मा १४ बिगाह अफिम र ६ बिगाह १० कट्ठा गाँजा खेति फडानी गरिएको छ ।

प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डको टोलिले माघ १४ गते कैलाश गाउँपालिका ७ मा १५ बिगाह अफिम फडानी गरेको छ । यस्तै, माघ १५ गते कैलाश गाउँपालिका वडा नम्बर ७ र ८ मा २० बिगाह अफिम खेति फडानी गरेको उल्लेख गरेको छ । त्यसैगरी, सोमबार राक्सिराङ गाउँपालिका ४ मा २० विगाह अफिम फडानी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*