कैलालीमा वृद्धभत्ताको रकम नदिएको भन्दै आमाको हत्या

कैलाली । कैलालीमा आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई घरमै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले बताएको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीदेवीको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई मंगलबार बिहान जंगलबाट पक्राउ गरेको हो । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ ।

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*