हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही आज कार्यक्रम भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भरीका निजी तथा सरकारी बिद्यालय र क्याम्पसका बद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागितामा कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले यस्ता प्रदर्शनीले शिक्षाको गुणस्तर सुधार गर्नमा सहयोग पुग्ने वताउनुभयो । बिद्यार्थीको क्षमता बृद्धी बिद्यालयका ठुला भवनले मात्र नहुने र यस्ता कार्यक्रमले हुने वताउनुभयो । प्रदर्शनीमा बिद्यार्थी आफैले निर्माण गरेका सामाग्री राखिदा बिद्यार्थीमा एक अर्कामा प्रतिस्पर्धाको भावना सृजना हुने वताउनुभयो । कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले शिक्षण सिकाइमा राम्रो गर्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने वताउनुभयो ।

हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले शिक्षामा गुणस्तर सुधारका लागि असल र रचनात्मक प्रयत्न गरिएको वताउनुभयो । शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन चाहने वताउँदै अध्यक्ष सिग्देलले भन्नुभयो–‘ हामी एकअर्काको शैक्षिक अनुभवलाई आदानप्रदान गर्न चाहन्छौँ । शिक्षामा गरिएको आजको खर्च होईन, भोलीको लागि लगानी हो, भन्ने स्थापित गर्न चाहन्छौँ । शिक्षामा बजेट, श्रोत, साधन र प्रविधिलाई प्रवर्द्वन गर्न चाहन्छौँ । शैक्षिक क्षेत्रमा हामी केही न केही परिवर्तन गर्न चाहन्छौ । शैक्षिक जागरणको माध्यमद्वारा सामाजिक रूपान्तरण चाहन्छौँ ।’

रोयल पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी कार्यक्रम गरिएको छ । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*