हेटौंडा-१७ को देराली डाँडाको जंगलमा वृद्धा मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा-१७ को देराली डाँडाको जंगलमा एक जना वृद्धा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा हेटौंडा १६ घ्याम्पे बस्ने मानबहादुर श्रेष्ठको श्रीमती अन्दाजी ८५ वर्षीया रामकुमारी माईली श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रामकुमारी ८ माघ बेलुकी घरबाट आफु खुसी हिँडी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकी रामकुमारीको खोजि गर्ने क्रममा शक्रबार दिउँसो जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*