३ रुपैयाँ बढ्यो डिजल, पेट्रोल र मट्टितेलको मूल्य

हेटौंडा । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागुहुने गरी डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ निगमले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि बारे जानकारी गराएको हो ।

निगमको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँ भएको छ भने डिजल र मट्टितेल प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमूल्य बढेसँगै मूल्यवृद्धि गर्नुपरेको निगमको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*