मकवानपुर, रौतहट र बाराको चार स्थानमा निःशुल्क आँखा शिविर हुँदै

हेटौंडा । मकवानपुर, रौतहट र बारा जिल्लाका चार स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । रोटरी क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर हुने भएको हो ।

शिविर अन्तर्गत बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सुनाचुरी स्थित राष्ट्रिय माविमा निःशुल्क आँखा शिविर हुँदैछ । यस्तै, बिहीबार नै रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५, स्थित सन्तपुरमा निःशुल्क आँखा शिविर हुँदैछ । यस्तै, शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जाल्पादेवी माविमा निःशुल्क आँखा शिविर हुनेछ ।

यस्तै शुक्रबार नै बारा जिल्लाको जितपुर सिमरा–१० स्थित प्रमानन्द नेरा आविमा निःशुल्क आँखा शिविर हुनेछ । शिविरमा आँखा परिक्षण गराउँदा मोतिविन्दु समस्या देखिएका बिरामीहरुलाई शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*