हेटौंडा–६ का राउत लागुऔषधसहित पक्राउ

हेटौंडा । लागुऔषधसहित हेटौंडा–६, गौरिटारका ३२ वर्षीय भीम राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले आइतबार राती ९ बजेको समयमा राउतको घरबाट नाइट्रोभेट ३० ट्याब्लेट र गाँजा २ केजी ९ सय ग्राम बरामद गरेको जनाएको छ ।

राउतले लागुऔषध विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ । राउतलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*