हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन् गर्न राष्ट्रपति हेटौंडा आउने

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन् गर्नका लागि राष्ट्रपति विद्यादेवि भण्डारी आउनु हुने भएको छ । अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटन् गर्नका लागि राष्ट्रपति हेटौंडा आउने हुनु भएको हो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा राष्ट्रपति यही फागुन ९ गते हेटौंडा अस्पतालको उद्घाटन्का लागि आउन लाग्नु भएको हो ।

३४ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माण भएको छ । यही भवनको उद्घाटन्का लागि राष्ट्रपति भण्डारी फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले वताउनुभयो ।

नयाँ भवन निर्माण भएसंगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनसक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको प्रसाईले वताउनुभयो । अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगी देखि डाक्टर सम्मका जनसक्ति उपलब्ध गराउने, उपचारका लागि बिभीन्न प्रबिधिहरु जडान गर्ने लगायतका काम गर्दै आएको छ ।

अहिले भने बागमती प्रदेश सरकारले एमआरआइ मेसिन हेटौंडा अस्पतालका लागि प्राप्त भएको छ । यसको जडानका लागि केही समय लाग्ने वताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*