हेटौंडाको पशुपति मन्दिरमा घुइँचो

मकवानपुर । आज हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रिको अवसरमा देशका विभिन्न शिवालयमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

जिल्लाको हेटौंडा उपमहानगर-४ स्थित भुवनेश्वर मन्दिर (पशुपति)मा पनि बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा दर्शनार्थीको घुइँचो लागेको हो । मन्दिरमा २५ हजार भन्दा बढी दर्शनार्थी दर्शन गर्न आउने अनुमान छ ।

मन्दिर बेलुका ९ बजेसम्म खुल्ला रहने र बेलका ६ बजेपछि प्रसाद वितरणको कार्यक्रम रहेको छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*