पोखरा बस दुर्घटनामा ५३ जना घाइते

काठमाडौं । कास्कीको पोखरामा आइतबार भएको बस दुर्घटना परी घाइते हुनेको संख्या ५३ जना पुगेको छ।

लेखनाथस्थित पोखरा विश्वविद्यालयबाट बागलुङ बसपार्कका लागि छुटेको ग १ ख ६७४७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो साढे २ बजे पोखरा-२७ डाँडाकोनाकमा सडकबाट खोल्सामा खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चालककै लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ ।

बस दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रारम्भिक रूपमा हेर्दा चालक चलाउन नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सबै घाइतेको अवस्था सामान्य छ ।

१६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*