राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन

हेटौंडा । राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन गर्नु भएको छ । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो ।

नेपाली सेवाको हेटीकोप्टर मार्फत हेटौंडा आइपुग्नु भएकी भण्डारीले अस्पतालको भवन उद्घाटन् गर्नु भएको हो । पहिले पुरानो भवनमा साघुरो रुपमा विरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले भने नयाँ भवनबाट जनसक्ति समेत थप गरेर उपचार सेवालाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

पहिले रिफर अस्पतालको रुपमा परिचित हेटौंडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसंगै बिभीन्न रोगहरुको नियमित रुपमा अप्रेसन गरिदै आएको छ । उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतका मन्त्रीहरुको कार्यक्रममा सहभागिता रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*