बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक विदा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि सार्वजनिक विदा दिएको छ ।

आइतबार गाउँपालिकाले सूचना जारी गर्दै सोमबार र मंगलबार दुई दिन विदा दिने जानकारी दिएको छ ।

मगर संघ स्थापना दिवस र माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाको आइतबार बसेको बैठकले फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवसको सार्वजनिक विदा दिएको हो । यस्तै, फागुन १६ गते मंगलबार माझी समुदायको मौलिक पर्व लदी (कोशी पर्व)को अवसरमा विदा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*