नेपाललाई मलेसियाले दियो ७३ रनको लक्ष्य

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई जितका लागि ७३ रनको लक्ष्य दिएको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाए । यस्तै, मुहम्मद सायाहिरले १२ तथा मूहम्मद हरिसानले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेश कंडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*