ग्रिसमा रेल दूर्घटना हुदा २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । ग्रिसमा दुई वटा रेल ठोक्किँदा दुई दर्जन बढी यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

एथेन्सबाट ३५० किलोमिटर उत्तरको लारिसा शहर नजिकै टेम्प भन्ने स्थानमा दूर्घटना भएको हो ।

अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने अस्पताल भर्ना गरिएका ८५ जना मध्ये दुई दर्जन बढीको अवस्था गम्भीर रहेकाले मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कार्गो रेल र यात्रुबाहक रेल ठोक्किएपछि रेलमा आगो लागेको र उक्त आगो सडकमा रहेका कम्तिमा डेढ दर्जन सवारी साधनमा पनि सल्किएको थियो ।

दुर्घटनामा परेको यात्रुबाहक रेलमा ३५० जना यात्रु रहेको खुलेको छ । आगो निभाएर उद्धार गर्न निकै मुस्किल भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

उद्धारका लागि सेनाको सहयोग मागिएको थियो भने दर्जनौं दमकल र एम्बुलेन्सहरु प्रयोग गरिएको थियो ।

स्थानीय गभर्नर कोस्टास अगोरास्टोसले भयंकर दुर्घटना भएको भन्दै घटनालाई बयान नै गर्न नसकिने भनेका छन् ।

रेल ठोक्किनुको कारण भने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*