केपी ओली कपको फाइनल आज

काठमाडौं । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

दिउँसो ३ बजेबाट दशरथ रंगशालामा हुने खेलमा उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब खेल्ने छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेता टोलीले नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*