भारतमा बस दुर्घटनामा ८ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठोक्किंदा ८ जना यात्रुको मत्यु भएको छ ।

बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे सडक किनारामा रोकिराखेको ट्रलीलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना यात्रुकोे मत्यु हुनुका साथै थुप्रै यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतातमा उपचार भइरहेको छ । बसमा ७० जना यात्रु सवार रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*