अनेरास्ववियु पाटन सँयुक्त क्याम्पस कमिटीद्वारा संगठन दर्ता

हेटौँडा । अनेरास्ववियु पाटन सँयुक्त क्याम्पस कमिटीले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेको छ ।

आगामी चैत्र ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय आंगिक तथा समबन्धन प्राप्त सबै देशभरका क्याम्पसहरुमा आज संगठन दर्ता कार्यतालिका थियो ।

सोही अनुसार नै स्ववियु निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सङगठन दर्ता गराएको हो ।

सङगठन दर्ता गराउँदै आगामी चैत ५ गते हुन गहिरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियुले यस क्याम्पस लागाएत सबै देशभरका क्याम्पसमा जित सुनिश्चित गरिसकेको पाटन क्याम्पस अनेरास्ववियु अध्यक्ष सुरेश जि.सि.ले बताएका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*