आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ – आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ।

कम्पनीले आज फागुन २८ गते बिहान गरेको बाँडफाँट अनुसार यस कम्पनीको आइपीओमा १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन्।

जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका छन्। आइपीओका लागि कुल १५ लाख ३८ हजार ४६६ जना आवेदकले आवेदन दिएकामा २ हजार २०३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले कुल २ लाख ३ हजार ३८० कित्ता सर्वसाधारण सेयरमध्ये १०५ अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो। यस्तै, ०.५५ अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५५ अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने गरी फागुन ११ गतेदेखि १५ गतेसम्म बिक्री खुला गरिएको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, आत्मनिर्भर लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*