पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ ।

प्रकरणमा संलग्न अन्य केही अझै फरार रहेका छन् ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*