बागमती प्रदेश युवा परिषदद्वारा १२४ जना कर्मचारी माग

हेटौंडा । बागमती प्रदेश सरकारको प्रदेश युवा परिषद् हेटौंडाले १ सय २४ जना कर्मचारी माग गरेको छ ।

परिषद्को चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन गर्न १ सय २४ जना कर्मचारी माग गरिएको परिषद्को सूचनामा उल्लेख छ ।

युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्र (गणित र विज्ञान शिक्षक माध्यमिक तह)का ४४ जना, स्वास्थ्य क्षेत्र (स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट)का ३० जना गरी १ सय २४ जना कर्मचारी माग गरेको हो ।

परिषद्ले स्वयंसेवा गर्न इच्छुकहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र परिषद्को वेवसाइटमा रहेको अनलाईन फार्म भरेर सूचीकृत गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*