सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या आएपछि काठमाडौं अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनस् काठमाडौं नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।

यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।

विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।

विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्‍याउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*