काठमाडौं महानगरपालिकाका मेयर बालेनविरूद्ध प्रर्दशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रर्दशन गरिएको छ ।

संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चानेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

उहाँले संविधान र कानून विपरित भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साट्टो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेनले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो ।

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न र उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*