एपीएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

जितको लागि १ सय ११ रनको बलियो विजयी लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रन मात्र बनायो ।

ललितपुर मेयर्सका सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०/१० रनको योगदान दिए ।

एपीएफका लागि बिन्दु बुढा र राजमती ऐरीले समान २र२ तथा सुष्मा श्रेष्ठ, इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १र१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो ।

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् ।

ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुईरदुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एकरएक विकेट लिइन् ।

एपीएफ लिग चरणका चारवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो ।

मंगलबार नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल बिहीबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*