बागमतीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

आज बिहान ४ बजे बागमतीको फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु बकैया-८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङतानलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको जानकारी दिए । उनले ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटना स्थलमा मोबाइल फोन भेटिएको बताउँदै चालकको खोजी कार्य भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*