एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्छ – विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ ।

धनगढीमा शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेलाई गठबन्धन भत्काउनु पर्छ भन्ने महसुश भयो भने एकाध सातामै भत्काउन सक्ने जिकीर गर्नुभयो । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उहाँको भनाइ थियो ।

पौडेलले पार्टी नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाउँदै रावल पार्टीको अनुशासनमा नबसेको र कर्तव्य निर्वाह पनि नगरेको आरोप पनि लगाउनुभयो ।

उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताउनुभयो ।

पौडेलले बैशाख १० गते हुने उपनिर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा जाने पनि बताउनुभयो ।

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफूहरू लागेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*