आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् ।

शनिबार हुने पहिलो खेल तथा आईपीएलको दोस्रो खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । पन्जावको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ हुनेछ ।

खेलमा दुवै टोली पहिलो खेल जितका साथ सुरु गर्न चाहन्छन् ।

शनिबार नै हुने दोस्रो तथा आईपीएलको तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लखनउको घरेलु मैदान लखनउमा बेलुका पौने ८ बजे हुने खेलमा दुवै टोली जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् ।

शुक्रबारबाट सुरू भएको आईपीएलको उद्घाटन खेलमा गुजरात टाईटन्सले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*