काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात

काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ(फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*