एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

धनुषा । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो ।

धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको हो ।

यसअघि अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*