कोषाध्यक्षहरूको लागि लेखा व्यवस्थापन तालिम सुरु

हेटौंडा । हेटौंडाका दुइ वटा वडाका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको लागि लेखा व्यवस्थापन तालिम सुरु भएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ को व्यवस्थापनमा यहाँ रहेका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको लागि ३ दिने लेखा व्यवस्थापन तालिम सुरु गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुबेढीको प्रमुख आतिथ्यतामा तथा नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरू लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगर सदस्यहरू ठिसाङ लामा, अन्जु पन्डित, लोकेन्द्र सुर्खेति, श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा १९ का अध्यक्ष देवेन्द्र अर्याल, वडा समन्वय समितिका अध्यक्ष रोशन गोले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका उपमहासचिव देवकुमार श्रेष्ठले संयोजन गर्नुभएको छ । कार्यक्रममा समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठले सहजिकरण गर्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*