ओछ्यानमा पैसा बिछ्याएर टिकटक बनाउने एकजना प्रहरी फन्दामा

काठमाडौं । ओछ्यानमा पैसा बिछ्याएर सुतेको भिडिओ बनाई टिकटकमा राख्ने एकजना प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले यस्तो कार्यमा संलग्न महोत्तरी बर्दिबास घर भई ललितपुर बस्ने सुलभ आचार्यलाई नियन्त्रणमा लिएको हो ।

खाटमा पैसा बिछ्याएको भिडिओ भाइरल भएपछि ​अनुसन्धानका क्रममा आचार्य पक्राउ परेको र आइन्दा त्यस्तो कार्यमा संलग्न नहुने सर्तमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

सोधपुछका क्रममा विदेश पढ्न जान कलेजलाई बुझाउनुपर्ने पैसा उनले खाटमा बिछ्याएर भिडिओ बनाएको पाइएको छ ।

सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैँकबाट पैसा निकाली रमाइलोको लागि खाटमा पैसा बिछ्याई भिडिओ बनाएको भनी कागज गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकाले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको छ, परिसरको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*