मकवानपुरमा ट्याक्टरमा चढ्ने क्रममा खसेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा गुड्दै गरेको ट्याक्टरमा चढ्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो जिल्लाको राक्सिराङ-६ खर्कन्टेटारको भित्रि सडक खण्डमा फकलटारबाट राक्सिराङ जाँदै गरेको ना६त ५२१८ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ३३ वर्षीय काजीमान प्रजाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

प्रजा ट्याक्टर चढ्ने क्रममा ट्याक्टरबाट खस्दा गम्भिर घाइते हुँदा पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*