सत्ता संघर्षका कारण सुडानमा २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ ।

३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ ।

सुडानमा सेनाले नागरिक शासन पुनस्थापना गर्न ढिलाई गरेपछि आर।एस।एफ।ले बलपूर्वक सत्ता कब्जा गर्न खोजेको हो । सोही क्रममा राजधानी खार्तुमका मुख्य प्रशासनिक भवनहरु नियन्त्रणमा लिन दुई पक्षबीच भिडन्त भइरहेको छ ।

सुडानमा अहिले सेनाका प्रमुख अब्देल फतेह अल बुर्हानले शासन गरिरहेका छन् । आर।एस।एफ।को नेतृत्व भने जनरल मोहोमोद हमदान डागालोले गरेका छन् । यसैबीच अमेरिकाले सुडानको संघर्ष अन्त्यका लागि युद्धबिराम गर्न आह्वान गरेको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गरेर सुडानमा जारी हिंसाको निन्दा गर्दै लाखौं जनताको जीवन रक्षाका लागि युद्धबिराम गर्न आह्वान गरेको हो । सुडानको सैनिक शासनलाई रुसले समर्थन गरेको छ । विद्रोही विपक्षी समूहलाई भने अमेरिकाको समर्थन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*