मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५।५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३(३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।
केहीबेरमै नेपालले जबाफी ब्याटिङ गर्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*