हैटौँडामा यौनिक तथा अल्पसंख्यक समुदायकाहरु बारे छलफल

हेटौँडा, ६ बैशाख । यौनिक तथा अल्पसंख्यक समूदायका कार्यक्रमहरुका बारेमा बागमती प्रदेशका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । नीलहिरा समाजको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा यौन, लैङ्गिक र अल्पसंख्यक एंव एचआईभी संक्रमितहरुको प्रमुख मुद्दामा प्रदेश स्तरीय छलफल गरिएको हो ।

फ्रेण्डस् हेटौंडाका अध्यक्ष भारती थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एंव सामाजिक विकास बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल प्रसाद कंडेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले यौनिक तथा अल्पसंख्यक समूदायका लागि उनीहरुको नेतृत्व तथा क्षमता विकास तालिम तथा आत्मनिर्भरता बढाउने कार्यक्रमहरु ल्याउन तीन तहकै सरकारलाई आग्रह गरेका छन् । उनले यौनिक तथा अल्पसंख्यकहरुको मानव अधिकारसँग सम्बन्धित मुद्दाहरु संकलन गर्न र तिनीहरुलाई स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा सम्बोधन गर्ने गरी सरकार लागिपर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपसचिव कंडेलले यौनिक तथा अल्पसंख्यक समूदायका लागि प्रदेश सरकारबाट भएका प्रयासहरुका बारेमा प्रकाश पारेका थिए । उनले सामाजिक सुरक्षाका कार्यक्रमहरुका लागि नीति तथा कार्यक्रमबाटै सम्बोधन गरेको बताए । उनले २,९२८ जनाको यौनिक तथा अल्पसंख्यकहरु तथ्याङ्क प्राप्त भएको र धेरैको तथ्याङ्क छुटेको हुन सक्ने बताउँदै सञ्चारमाध्यमहरुमा चेतना मूलक सन्देशहरु प्रशारण गरेर सबैलाई तथ्याङ्कमा समेट्दै नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर प्रदेश सरकार लागिपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यकारी निर्देशक मनिषा ढकालले यौनिक तथा अल्पसंख्यक समूदायले समाजमा पाएका समस्याहरु र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले नागरिकता पहिचानको मुद्दा, वैवाहिक समानता, समान रोजगारी लगायत सामाजिक सुरक्षाका योजना, लाल्छना र भेदभाव सम्बन्धी मुद्दाहरुमा कार्यान्वयनको अभाव रहेको बताएकी थिईन् ।

कार्यक्रममा कमला सुवेदीले लाल्छना भेदभावबाट समाजलाई टाढा बनाउनुपर्ने कानुन ल्याउन जोड दिएकी थिइन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, गैसस महासंघका बागमती प्रदेश अध्यक्ष आरती पाठक, जिल्ला अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतले यौनिक तथा अल्पसंख्यक समूदायको जीवन स्तर उकास्नका लागि आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा फ्रेण्डस् हेटौंडाका कार्यक्रम संयोजक किरण थापाले यौनिक तथा अल्पसख्यंक समूदायका लागि समूदायमैत्री नीतिहरु विकास गर्न र नीति कार्यान्वयनका लागि सरकारसँग माग गर्नुभयो । उनले सचेतनाका कार्यक्रमका लागि बजेट विनियोजन सँग तीन तहकै सरकारसँग अनुरोध गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*