मकवानपुरको बकैयामा डढेलोले दुई घर जल्यो

हेटौंडा । मकवानपुरको बकैया-६ ठूलो ज्यामिरेमा वनमा लागेको डढेलोले दुई घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

मंगलबार दिउँसो स्थानीय ६५ वर्षीया दुर्गा माया भोलनको घर, गोठमा आगलागी हुँदा घर रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको तर घर जलेर नष्ट हुनुको साथै ७ वटा बाख्रा, १२ वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर, गोठसहित अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद, पुरानो सिक्का लागाएत नष्ट हुँदा करिब सात लाख पाँच हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, वनको डढेलोको आगलागीबाट सोही स्थानका ६२ वर्षीय लालबहादुर लो को खरले छाएको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको तर घरमा भएको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*