एसिसी प्रिमियर कपमा नेपालको चौंथो विकेट पतन, सार्की ३३ रनमा आउट

काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध चौंथो विकेट गुमाएको छ। एसिसी प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल ओमानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरे पनि खराब सुरुवातको सिकार भएको छ।

ओमान विरुद्ध खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले ५४ रनमा तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई २३ रनमा गुमाएको थियो।

चौंथो विकेटका रूपमा भीम सार्की टिमको स्कोर ७२ हुँदा ३३ रनको अवस्थामा आउट भए। उनलाई जेसन मस्क्विदले आउट गरेका थिए।

त्यसअघि खराव सुरुवातको सिकार भएको नेपालले रन नजोड्दै दोस्रो विकेट गुमाएका थिए। दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई शुन्य रनमा गुमाएको थियो। उनी कलेमुल्लाहको बलमा बोल्ड भएका थिए। त्यसअघि कुशल भुर्तेललाई नेपालले शुन्य रनमा गुमाएको थियो।

शेख ३.४ ओभरमा आउट हुँदा भुर्तेल २.२ ओभरमा बिलाल खान द्वारा एलबि डब्लु आउट भए। नेपालले पाँचौ ओभरमा मात्र खाता खोलेको थियो। अहिले क्रिजमा कुशल मल्ल र आरिफ शेख रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*