घाइते ट्राफिक प्रहरीका सहायक हबल्दार धामीको मृत्यु

 धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा म्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ ।

बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए।

मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए ।

बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*