मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवस बुधबार मनाइँदैछ ।

स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

वि।सं। १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मिनु भएका अधिकारी सरल, शालीन र सादगी जीवन बिताउने नेताको रुपमा पनि चिनिनुहुन्छ ।

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफैं बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु सुरू गरेको थियो । अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरू अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*