नेपालले आज पहिलो खेल इरानसँग खेल्दै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपालले बुधबार पहिलो खेल खेल्दैछ ।

समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

तुलानात्मक रुपमा बलियो टोली इरानविरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।

समूह विजेता बन्ने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता दोस्रो चरणमा पुग्नेछन् । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

नेपाली यू–१७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू–१७ च्याम्पियनसिपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*