वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि अवरुद्ध भएको हो ।

टस हारेर पहिला ब्याटिङको गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले ४३, आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन् । अहिले रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*