हेटौंडा साइकल रन प्रतियोगिताको विजेता पुजन मगर बने

हेटौंडा । हेटौंडा साइकल रन प्रतियोगिताको विजेता पुजन मगर बनेका छन् ।

शनिबार बिहान भएको खुल्ला प्रतियोगितामा निर्धारित २५ किमिको दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै मगर विजयी भएका हुन् ।

रनको उपाधी विजेतासँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।

प्रतियोगितामा सहभागी राजिव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेकोमा उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नभएको पाइएपछि मगरलाई प्रथम घोषणा गरिएको हेटौंडा उपमहानगरपालिकाका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले बताए ।

यसैगरी, ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिको दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् ।

द्वितीय र तृतीयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्दा प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।

५० जनाको सहभागिता रहेको प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखोला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*